Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

प्रकृतिको भावुक दृश्य: मृत छावालाई जंगलभर घिसार्दै भौतारिने हात्ती

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | राती ९:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

श्रीलङ्का । भालु वा बाघ प्रजातिका कतिपय स्तनधारी जनावरहरूले प्रकृतिमा घुमिरहँदा आफ्ना बच्चाहरू मुखले च्यापेर सुरक्षित स्थानमा पुर्‍याएको दृश्य नौलो होइन। तर एउटा हात्तीले अझ उसको मरिसकेको छावालाई त्यस्तो गर्नुलाई ज्यादै असामान्य मानिएको छ।

जुन महिनाको अन्त्यमा एक जना स्थानीय वन्यजन्तु फोटोग्राफरले श्रीलङ्काको काउदुल्ल राष्ट्रिय निकुञ्जमा एउटा ढोईले मरेको आफ्नो छावालाई कैयौँ दिनसम्म आफूसँगै लिएर हिँडेको सो हृदयविदारक दृश्य खिचेका थिए।

बिज्ञापन

“उनी त्यसलाई छाड्न तयार नै थिइनन्। त्यो हेर्नु कठिन थियो,” फोटोग्राफर सञ्जय मधुसूदनले भने। उनले आफूले गर्भमा दुई वर्ष राखेको उक्त छावालाई त्यो मरिसकेपछि छोटो समयका लागि मात्रै आफूसँग नराखेको उनले बताए।”माउ हात्तीले त्यसलाई तीन

दिनसम्म आफूसँगै लिएर हिँडिरहिन्,” मधुसूदनले बीबीसीसँग भने। उक्त अवधिमा सो ढोईले करिब १० किलोमिटर यात्रा गर्दा उनले त्यसलाई पछ्याएका थिए। “पार्कका अधिकारीहरूले मलाई अघिल्लो दिन जन्मिने बित्तिकै उक्त छावाको ज्यान गएको बताएका थिए।”


के जनावरहरूले मृत्युलाई बुझ्छन्?

सन् २०११ को एउटा गणनाले उक्त दक्षिण एशीयाली प्रायद्वीपमा झन्डै ७ हजार हात्तीहरूको बसोबास रहेको देखाएको थियो। यसको अर्थ सानो आकार भएको श्रीलङ्कामा हात्तीको सङ्ख्याको घनत्व संसारकै उच्च मध्येमा पर्छ।

सामाजिक सञ्जालमा मानिसहरू हात्तीले शोक व्यक्त गरिरहेको हो कि होइन भनेर अचम्ममा परेका थिए
‘एलिफास म्याक्सीमस म्याक्सीमस’ श्रीलङ्काको रैथाने हात्ती उपप्रजाति हो र यो एशियाली हात्तीहरूमध्ये सबैभन्दा ठूलो र कालो खालको हात्ती हो। काउदुल्ल राष्ट्रिय निकुञ्ज यी विशाल हात्तीहरूका लागि प्रख्यात रहेको छ।

“मैले यहाँ ३०० वटाभन्दा बढी हात्तीहरू भेला भएको देखेको छु। नियमित रूपमा यस्तो भीडहरू देखिएपनि मैले यस्तो भावनात्मक दृश्य देखेको यो पहिलो पटक हो।”

“तर उक्त ढोईले किन यस्तो व्यवहार देखाइ? के उसले शोक व्यक्त गरिरहेकी थिई? वा यो एउटा संयोग मात्रै थियो?,” उनी भन्छन्। सामाजिक सञ्जालमा धेरै जनाले यस्तो धारणा राखिराख्दा उक्त हात्तीले छावालाई तानिरहेको दृश्य भाइरल भएको थियो।

लिएन प्रोप्स यूकेस्थित पोर्ट्समाउथ विश्वविद्यालयको जनवार व्यवहार सम्बन्धी विषयकी एशोसिअट प्रोफेसर हुन्। उनी उक्त प्रश्नको जवाफ दिन कठिन रहेको र यस्तो दृश्य संसारका विभिन्न ठाउँमा विगतमा पनि देखिएको बताउँछिन्।

उनले भनिन्, “अरू जनावरहरूको दिमागमा के खेलिरहेको हुन्छ र उनीहरूले मृत्युलाई कुन हदसम्म बुझ्न सक्छन् र मृत्यु शाश्वत रहेको र यसलाई उल्टाउन नसकिने विशेषताबारे उनीहरू के सोच्छन् भनेर बुझ्नु वास्तवमै चुनौतीपूर्ण छ।”

श्रीलङ्काको युनिभर्सिटी अफ पेराडेनिया भेटेरिनरी फ्याक्लटीका हात्ती विज्ञ प्राध्यापक अशोक डङ्गोल्लाले उनले यस्तो व्यवहार स्थानीय स्तरमा पहिलो पटक देखेपनि आफूलाई आश्चर्य नलागेको बताए। “किनभने त्यहाँ भावना हुन्छ र हात्तीहरूले भावना व्यक्त गर्छन्। माउ र छावाबीचको सम्बन्ध घनिष्ठ हुन्छ,” उनले बीबीसीसँग भने।

“मैले विशेष गरी बाँदरका विभिन्न प्रजातिमा बेला बेलामा यस्तो देखेको छु। तर विकासक्रमको हिसाबले नै आदिम खालको मानिने हात्तीले यस्तो व्यवहार देखाउनु अलिकति अचम्म पार्ने कुरा हो।” डाक्टर प्रोप्स उक्त जनावर झुक्किएको हुनसक्ने बताउँछिन्।

“तर उक्त छावालाई त्यसरी तानेर लैजाने जस्तो काम आम रूपमा हात्तीहरूले जीवितै रहेका आफ्ना बच्चाहरूलाई गर्दैनन्। त्यही भएर मलाई लाग्छ त्यसमा केही भावनात्मक सम्बन्ध जोडिएको छ।”

यस्तो खालका जनावरहरूका प्रतिक्रियाहरूलाई मृत्युको तुलनात्मक अध्ययन गर्ने एउटा नयाँ वैज्ञानिक क्षेत्र अन्तर्गत अध्ययन गर्ने गरिएका भन्दै उनले त्यो व्यवहारमा केन्द्रित हुने गरेको बताइन्। उनी थप्छिन्, “उनीहरूले यस्तो खालका खबरहरू र घटनाहरूलाई ल्याएर व्यवस्थित रूपमा अध्ययन गरेर जनवारहरूले मृत्युबारे के थाहा पाएका हुन्छन् भनेर बुझ्ने प्रयास गरिरहेका छन्।” BBC

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa