Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

विराट टिचिङपछि नोबेल शिक्षण अस्पतालका नर्सहरू आन्दोलित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८२  | साँझ ४:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । न्यूनतम पारिश्रमिक र सेवा सुविधाको अभावको विरोधमा विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका नर्सहरू आन्दोलनमा उत्रिएका छन्।

मोरङको टंकिसिनुवरीमा रहेको विराट शिक्षण अस्पतालका नर्सहरूले शनिबारदेखि आन्दोलन थालेका थिए, भने नोबेल अस्पतालका नर्सहरूले आइतबारदेखि विरोध प्रदर्शन सुरु गरेका हुन्।

बिज्ञापन

स्वास्थ्यकर्मीहरूले न्यूनतम सेवा सुविधा सुनिश्चित गर्नुपर्ने मागसहित अस्पताल प्रशासनको घेराउ गरेका छन् र ‘श्रम शोषण बन्द गर’ जस्ता नारासमेत लगाइरहेका छन्।

अस्पतालका सबै विभागमा कार्यरत नर्सहरूसहितका स्वास्थ्यकर्मीहरू संयुक्त रूपमा आन्दोलनमा सहभागी भएका छन्।

उक्त अस्पतालका सञ्चालक नेपाली काँग्रेसका नेता डा. सुनिल शर्मा हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa