Premier Cables
Premier Steel

कोशी प्रदेश

काेशी सरकारले पहाडी जिल्लाका सबै माध्यमिक विद्यालयमा आइसिटी निर्माण गर्दै

Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न ३:३३ बजे

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिमाली र पहाडी जिल्लाका सबै माध्यमिक विद्यालयको पूर्वाधार सुधार र विद्यालयमा सूचना प्रविधि (आइसिटी) निर्माण गर्ने घोषणा गर्नुभएको छ।

आज सहिदभूमि गाउँपालिका, धनकुटामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा आगामी १० वर्षमा पूर्वाधार निर्माण कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो। कार्यक्रममा, सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालयको आठ कोठे भवनको उद्घाटन समेत गरिएको थियो। उक्त भवन ९२ लाख रुपैयाँको लागतमा सीपी फाउन्डेसनले निर्माण गरेको हो।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रमा निर्माण नगरी, शहीदहरूको सम्मान र क्षेत्रको विकासका लागि विद्यालय निर्माण कार्यक्रम सहिदभूमि पालिकामा गर्नु उपयुक्त देखियो।”

सीपी फाउन्डेसनका अनुसार, हिमाली तीन जिल्ला र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयको पूर्वाधार र आइसिटी निर्माण यसै आर्थिक वर्षभित्रै सुरु गरिनेछ। यो कार्यक्रम प्रदेश र स्थानीय पालिकाको साझेदारीमा अगाडि बढ्नेछ र करिब १५ अर्ब रुपैयाँको लगानी हुने योजना रहेको छ।

फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने बताए। मुख्यमन्त्री कार्कीले यस योजना १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको र आवश्यक परे प्रदेश र पालिकाका स्रोत साधन पनि प्रयोग गरिने बताए।

आजको अवसरमा सहिदभूमि गाउँपालिका र सीपी फाउन्डेसनबीच नमुना पालिका बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो। उक्त सम्झौताअन्तर्गत सहिदभूमि पालिकामा करिब २–३ अर्ब रुपैयाँ लगानी हुने र यसले विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यमशीलता तथा सडक कालोपत्रे निर्माणमा योगदान पुर्‍याउने छ।

हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्की, खेतान फाउन्डेसनका सीपी खेतान र विदेशी संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पिछडिएको सहिदभूमि पालिकालाई नमुना पालिका बनाउने बताए। स्थानीय बासीहरूले पनि २०३६ सालको खोकु छिन्ताङ हत्याकाण्डपछि पिछडिएको यो पालिकाको विकास र समृद्धिमा यस सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka