Premier Cables
Premier Steel

अर्थ विराटनगर

भारतको नयाँ नीतिले आरती स्ट्रीप्सको उत्पादन र व्यापार दुबै घट्यो, के फिर्ता जान्छ उधोग ?

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, कार्तिक ०२, २०८२  | साँझ ४:२२ बजे

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालनमा रहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रा.लि संकटमा परेको छ ।

२३ वर्षअघि व्यवसाय थालेको उधोगको उत्पादन कटौती भएको छ । उधोगमा कार्यरत श्रमिकसमेत कटौती गर्न शुरू गरिएको छ ।

सन् २००१ मा करिब ७ अर्ब रुपैयाँको लगानीमा उधोग स्थापना भएको थियो । यस उद्योगले सन् २००२ देखि जस्तापाता, कर्कटपाता र पाइप उत्पादन गर्दै आएको छ। उत्पादनको ९० प्रतिशत उत्पादन भारत निर्यात गर्दै आएको थियो ।

तर पछिल्लो समय भारत सरकारको नयाँ नीतिका कारण निर्यात अवरुद्ध भएको छ । यो देशकै ठूलो निर्यात उधोग पनि हो ‌ । तर पछिल्लो समय भने ठूलो घाटामा व्यहोर्दै आएको बताइन्छ ।

भारतको ब्युरो अफ स्ट्यान्डर्ड्स (बीअएसआई) ले चिनियाँ कच्चा पदार्थबाट उत्पादित सामग्रीलाई गुणस्तर प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

यसले गर्दा निर्यात संकटमा परेको हो। भारतले अबदेखि स्वदेशी कच्चा पदार्थबाट बनेका सामग्रीलाई मात्र प्रमाणीकरण दिने नीति ल्याएको छ। यसै कारण आरती स्ट्रीप्सको औधोगिक गतिविधि गत दुई महिनादेखि पूर्ण रूपमा प्रभावित बनेको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार प्रमुख उमेश , कम्पनीले आयात-निर्यात ठप्प भएपछि धेरै उत्पादन बन्द गरिसकेको छ । ठूलो संख्यामा मजदुर कटौती गरेको छ। श्रम तथा रोजगार विभागमा यसबारे जानकारी दिइसकिएको छ।

२०७९/८० आर्थिक वर्षमा कम्पनीले १४५४ करोड रुपैयाँको बिक्री गरेको थियो, जसमा ७३७ करोड भारत निर्यात गरिएको थियो। २००० करोडको बिक्री लक्ष्य राखिएको भए पनि नयाँ नीति र सरकारको उद्योगमैत्री बजेट नआउँदा योजनाबद्ध रूपमा उत्पादन विस्तार हुन सकेन।

हाल कम्पनीले नेपालस्थित सम्पूर्ण लगानी फिर्ता लिने प्रक्रिया सुरु गरिसकेको बताइएको छ। उद्योगमा प्रयोग हुने मेशिनरी र उपकरण समेत फिर्ता लैजाने तयारीमा रहेको बताइएको छ । तर, उधोगले यस विषयमा औपचारिक जानकारी भने गराइसकेको छैन ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka