Premier Cables
Premier Steel

राष्ट्रिय

नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न ३:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नवनियुक्त दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शपथ लिने मन्त्रीहरूमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता रहेका छन्।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीले प्रारम्भमा गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन्। तर, जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म सुनारविरूद्ध मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले उनको नाम सूचीबाट हटाएकी थिइन्। सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस भएका थिए।

त्यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको थियो। प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार, श्रेष्ठले पर्यटन मन्त्रालयको आकांक्षा राखेका थिए, तर प्रधानमन्त्री कार्कीले उनलाई भूमिमन्त्रीमा सिफारिस गरेकी थिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa