Premier Cables
Premier Steel

अर्थ

अन्तराष्ट्रिय बजारमा सूनको मूल्यमा ठूलो गिरावट, नेपालमा के होला ?

Calendar बुधबार, कार्तिक ०५, २०८२  | अपराह्न १२:५२ बजे

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सूनको मूल्यमा ठूलो मात्राले गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार ६ प्रतिशतले घटेको हो ।

नेपाली बजारमा रेकर्ड कायम गर्दै आएको सूनको मूल्यमा एकाएक भारी गिरावट आएसँग तहल्का पिटेको छ ।

बिज्ञापन

सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो । मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको छ ।

यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो। यस वर्ष सुनको मूल्यमा भएको ऐतिहासिक वृद्धि केही सातायता झन् तीव्र भएको थियो। दुई महिनामै २५ प्रतिशतसम्म मूल्य बढेको थियो ।

मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७.४ प्रतिशत र ५ प्रतिशत घट्यो । केही समययता सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गर्नुले मूल्य बढेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka