Premier Cables

खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग २ : अमेरिकाद्वारा नेपालसामु २६३ रनको लक्ष्य

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिका निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो।

विज्ञापन

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि अमेरिका ब्याटिङमा उत्रियो। मध्यक्रमका ब्याट्सम्यान मिलिन्द कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ७० रनमा नटआउट रहे। उनले ५० बल खेलेर ६ चौका र दुई छक्का प्रहार गरे।

ओपनर स्मित पटेलले १०० बलमा ७५ रन बनाउँदै इनिङ्सको आधार तयार पारे। उनले ९ चौका प्रहार गरे। अर्का ब्याट्सम्यान साइतेजा मुक्कमल्लाले ५८ बलमा ४२ रन, जसमा ३ चौका र १ छक्का समावेश छ। कप्तान मोनाक पटेलले १७ बलमा १० रन, शुभम रञ्जाने १९ रन, र शायान जहाँगीर ११ रन बनाए।

नेपालको बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए। यसैगरी, सोमपाल कामीले ९ ओभरमा ५६ रन खर्चेर १ विकेट र आरिफ शेखले ५ ओभरमा १९ रन खर्चेर १ विकेट लिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka