Premier Cables
Premier Steel

खेलकुद

विश्वकप लिग-२ मा अमेरिका विजयी, नेपाल १०६ रनले पराजित

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | साँझ ७:१६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। विश्वकप लिग–२ क्रिकेट अन्तर्गत आइतबारको खेलमा अमेरिकाले नेपाललाई १०६ रनले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.१ ओभरमै १५६ रनमा समेटिएको हो।

यस जितसँगै अमेरिका लिग–२ को शीर्ष स्थानमा उक्लिएको छ। उसले २१ खेलमा ३० अंक जोडेको छ। समान ३० अंक भएका स्कटल्यान्ड नेट रनरेटमा पछाडि छ। आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले १७ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा छ।

बिज्ञापन

नेपालले सुरुआतदेखि नै संघर्षपूर्ण प्रदर्शन गर्‍यो। इन्ङ्सको दोस्रो बलमै कुशल भुर्तेल विकेट गुमाए। त्यसपछि आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै टोलीलाई स्थिर बनाउन प्रयास गरे। भीम २९ रनमा बोल्ड भए भने आसिफले ३७ रन बनाए।

कप्तान रोहित पौडेल २ रनमै आउट भए भने आरिफ शेख २० रनमा पभेलियन फर्किए। त्यसपछि अमेरिकी स्पिनर हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै नेपालको तल्लो क्रम एक्लै ध्वस्त पार्न सफल भए। उनले ८.१ ओभरमा २७ रन खर्चेर ६ विकेट हात पारे।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। उनले ६० बलमा ३ चौका प्रहार गरे। बाँकी खेलाडीहरू दोहोरो अंकमा पुग्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो। अन्तिम समयमा मिलिन्द कुमारको अविजित ७० रनको अर्धशतकले अमेरिकालाई ठुलो स्कोरसम्म पुर्‍यायो। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे।

उनसँगै हरमित सिंहले ६ बलमा २ छक्का सहित अविजित १६ रन जोडे। त्यसअघि स्मित पटेल र साइतेजा मुकामल्लाबीच ९५ रनको साझेदारी भएको थियो। स्मितले ७५ रन र मुकामल्लाले ४२ रन योगदान गरे।

नेपालका बलरहरूमध्ये सन्दीप लामिछानेले २ विकेट, भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए।

अमेरिकाको बलिङ र ब्याटिङ दुवै सशक्त देखिएको यस खेलमा नेपाल पुनः आफ्ना कमजोरी सुधार्न बाध्य भएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka