Premier Cables
Premier Steel

विराटनगर

मोरङमा सादा पोसाकका प्रहरी हटाइए, युनिफर्ममै काम गर्नुपर्ने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ०४, २०८२  | साँझ ७:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङका विभिन्न स्थानमा लामो समयदेखि खटाइएका सादा पोसाकका प्रहरी (घुमुवा) अब युनिफर्ममै काम गर्नुपर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूको जिम्मेवारी फेर्ने निर्णय गरेको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, अवैध गतिविधि, तस्करी र ‘सेटिङ’ मा संलग्न भएको गुनासो बढेपछि प्रहरी संगठनले ‘रिफर्म अभियान’ सुरु गरेको हो।

त्यसैको अंशस्वरूप प्रहरी नायब निरीक्षक (प्रनानि) भुवन श्रेष्ठसहित दर्जनौँ घुमुवालाई विभिन्न युनिटमा सरुवा गरिएको छ।

“अबदेखि मोरङमा कुनै पनि प्रहरी सादा पोसाकमा नियमित रूपमा खटिने छैन,” मोरङका एसपी कवित कटुवालले भने, “केवल विशेष अवस्थाहरूमा मात्रै अस्थायी रूपमा सादा पोसाक प्रयोग गर्न दिइनेछ।”

यद्यपि, विराटनगर, रानी, सिजुवा र रङ्गेलीका केही प्रहरी अझै पनि पुरानै जिम्मेवारीमा सादा पोसाकमै खटिइरहेका छन् भन्ने जानकारी स्रोतले दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka