Premier Cables
Premier Steel

विराटनगर

मोरङमा सादा पोसाकका प्रहरी हटाइए, युनिफर्ममै काम गर्नुपर्ने

Calendar मंगलबार, कार्तिक ०४, २०८२  | साँझ ७:४२ बजे

विराटनगर । मोरङका विभिन्न स्थानमा लामो समयदेखि खटाइएका सादा पोसाकका प्रहरी (घुमुवा) अब युनिफर्ममै काम गर्नुपर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूको जिम्मेवारी फेर्ने निर्णय गरेको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, अवैध गतिविधि, तस्करी र ‘सेटिङ’ मा संलग्न भएको गुनासो बढेपछि प्रहरी संगठनले ‘रिफर्म अभियान’ सुरु गरेको हो।

त्यसैको अंशस्वरूप प्रहरी नायब निरीक्षक (प्रनानि) भुवन श्रेष्ठसहित दर्जनौँ घुमुवालाई विभिन्न युनिटमा सरुवा गरिएको छ।

“अबदेखि मोरङमा कुनै पनि प्रहरी सादा पोसाकमा नियमित रूपमा खटिने छैन,” मोरङका एसपी कवित कटुवालले भने, “केवल विशेष अवस्थाहरूमा मात्रै अस्थायी रूपमा सादा पोसाक प्रयोग गर्न दिइनेछ।”

यद्यपि, विराटनगर, रानी, सिजुवा र रङ्गेलीका केही प्रहरी अझै पनि पुरानै जिम्मेवारीमा सादा पोसाकमै खटिइरहेका छन् भन्ने जानकारी स्रोतले दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka