Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

मर्निङ वाक गर्न निस्कदा हात्तीले आक्रमण गर्यो, दिदी-बहिनी गम्भीर गम्भीर घाइते

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दमक। झापाको दमकमा आइतबार बिहान मर्निङ वाकका क्रममा दुई दिदीबहिनी जङ्गली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।

दमक नगरपालिका–१ स्थित बरगाछी नजिक बिहान करिब ४ बजे स्थानीय सुनिता राई र कविता राईमाथि हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट आएको जङ्गली हात्तीले आक्रमण गरेको हो। मर्निङ वाक गर्दै गरेका बेला हात्तीले दुबैलाई उचालेर फ्याँकेको बताइएको छ।

बिज्ञापन

घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी दुबैलाई दमक अस्पताल पुर्‍याए पनि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बिराटनगर रिफर गरिएको वडाध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिए।

सामुदायिक वन क्षेत्र नजिकैको बस्तीमा हात्तीको नियमित प्रवेशले जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa