भारतबाट विराटनगर ल्याउँदै गरेको सयपत्री फूल खाल्डो खनेर पुरियो
नोट: यो समाचार ३ महिना अघिको हो
मंगलबार, कार्तिक ०४, २०८२ |
अपराह्न १:३७ बजे
विराटनगर । सशस्त्र प्रहरी बल प्रस्तावित रानीक्षेत्र गुल्म र प्लान्ट क्वारेन्टाइन कार्यालयको संयुक्त टोलीले भारतबाट चोरीपैठारी गरी ल्याइएका सयपत्री फूल र हरियो तरकारी बरामद गरी नष्ट गरेको छ।
बरामद गरिएको सामग्रीमा करिब ३०० केजी सयपत्री फूल र ९० केजी हरियो तरकारी रहेको थियो। सरकारले भारतबाट सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएको भए पनि उक्त सामग्री लुकाईछिपाई नेपाल भित्र्याउने प्रयास गरिएको थियो।
सुरक्षा निकायका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य करिब एक लाख रुपैयाँ रहेको छ।
दरैया सीमाक्षेत्र हुँदै ल्याइएको उक्त सामग्री बाहिरी मुलुकमा निर्भरता घटाउने उद्देश्यले नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। ती सामग्री खाल्डो खनेर पुरिएको छ ।