Premier Cables
Premier Steel

कोशी प्रदेश

झापाको बाहुनडाँगीमा कति धपाउनु हात्ती ! रात पर्न पाउँदैन हुलका हुल आउँछन्

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । मेचीनगर–४ बाहुनडाँगीका स्थानीयवासी फेरि एकपटक भारततर्फबाट आउने जङ्गली हात्तीको हुलका कारण त्रसित बन्न थालेका छन्। दैनिक साँझपख ५० देखि ६० वटा हात्तीको समूह मेची नदी पार गर्दै गाउँमा पसेर किसानका अन्नबाली नष्ट गर्न थालेपछि स्थानीयमा आक्रोश र असुरक्षा बढेको छ।

स्थानीय शंकर लुइँटेलले मेची किनारमा पुगेर हात्तीको गतिविधि नियमितरूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन्। उनका अनुसार हात्तीहरूले मकै, सुपारी, केरा जस्ता खाद्यान्न बाली सखाप पारिरहेका छन्। “हात्तीले नखाने भनेर सुपारीको बोट हुर्काएँ, फल्न थालेपछि सबै भाँचेर नष्ट गरिदियो,” लुइँटेलले दुःखेसो पोखे।

बिज्ञापन

करिब एक दशकअघि विश्व बैंकको सहयोगमा बनाइएको सोलार फेन्सिङ प्रणाली विग्रिएपछि हात्ती फेरि झुण्डमा गाउँ पस्न थालेका हुन्। लुइँटेलको आरोप छ कि सम्बन्धित निकायले फेन्सिङको मर्मतमा कुनै चासो देखाएको छैन।

तर, मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष निरोज घिमिरेले हाल सोलार फेन्सिङ मर्मतको काम भइरहेको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ मा डिभिजन वन कार्यालय झापाबाट झारपात फाँड्नका लागि ८ लाख रुपैयाँ र मेचीनगर नगरपालिकाबाट कर्मचारी पारिश्रमिकका लागि ७ लाख रुपैयाँ बजेट प्राप्त भएको छ। सोलार फेन्सिङको देखरेखका लागि संस्थामार्फत १२ हजार तलबमा दुई प्राविधिक र पाँच हजार तलबमा १० कर्मचारी परिचालन गरिएको उनले बताए।

स्थानीयले हात्तीको आक्रमण र बाली नष्ट भएको समस्याबारे गुनासो गर्दै मेचीनगर नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन्।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले भने सोलार फेन्सिङ जङ्गली हात्ती वा प्राकृतिक कारणले नभई मानिसकै लापरवाही र तोडफोडका कारण बिग्रिने गरेको बताए। उनका अनुसार विगत १० वर्षमा बाहुनडाँगी क्षेत्रमा यही फेन्सिङका कारण हात्तीको प्रवेशमा उल्लेख्य कमी आएको थियो।

तर अहिलेको अवस्था हेर्दा सोलार फेन्सिङको प्रभावकारिता पुनःस्थापना नगरेसम्म स्थानीयवासीको पीडा चर्कँदै जाने संकेत देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa