Premier Cables
Premier Steel

अर्थ

पूर्वी नाकाबाट एक अर्ब सात करोड २२ लाखको अलैंची निर्यात

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न १२:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वी नाकाबाट अलैंची निर्यात बढेको छ । मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैंचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको हो।

कार्यालयका अनुसार सो अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैंची निर्यात भएको छ।

बिज्ञापन

भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार पहिलो तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब सात करोड २२ लाख रुपैयाँबराबरको मात्र अलैंची निर्यात भएको थियो। पूर्वी नेपालमा उत्पादन हुने यो प्रमुख नगदे बाली हाे ।

तर यो नाका भएर पहिलो त्रैमासिकमा चिया निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ। उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार रुपैयाँबराबरको चिया मात्र निर्यात भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा निर्यात मूल्य एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ पुगेको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मेची भन्सार कार्यालयमार्फत चार अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँबराबरको मालसामान निर्यात भएको कार्यालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka