Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा नयाँ इतिहास, बुलिस ट्रेन्डको संकेत त होइन ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | बिहान १०:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर । साउन ३२ गते ( आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन ) अहिलेसम्मकै उच्च कारोबार – २९ अर्ब ९५ करोड रुपैयाँ -भएको रेकर्ड छ ।

आइतबार (साउन ६ गते) कारोबार २१ अर्ब ४६ करोड रुपैयाँ पुगेर पुनः नयाँ उचाइ नजिक पुगेको छ । अझै साउन र भदौ महिना बाँकी भएकाले यस वर्ष पुराना रेकर्डहरु तोडिने प्रबल सम्भावना देखिएको छ ।

बिज्ञापन

गत वर्ष साउन महिनामै सरकारले पूँजीगत लाभकरका रूपमा ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ संकलन गरेर नयाँ कीर्तिमान बनाएको थियो । त्यसैले साउन र भदौलाई शेयर बजारका लागि “मौसमी महिना” मानिन्छ ।

बजार पूँजीकरणमा पनि रेकर्ड नजिक
१८ फागुन २०८० मा शेयर बजारको पूँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । आइतबार त्यो झण्डै नजिक, ४७ खर्ब ८७ अर्ब पुगेको छ । बजारको पूँजीकरणले पनि केही दिनभित्रै नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।

बजारको मुख्य सूचक ( नेप्से ) आइतबार २८७० अंकमा पुग्यो, जुन गत १८ फागुनयताकै उच्च हो । त्यस दिन नेप्से २८९० अंकमा थियो । २०७८ सालको भदौ २ गते बनाएको ३१९८ अंकको हालसम्मकै उच्च रेकर्ड तोडिने अपेक्षाले बजारमा उत्साह थपिएको देखिन्छ ।

साउन ३०, २०८० मा नेप्से ३ हजार अंक पुग्दा पुरानो रेकर्ड तोडिने हल्ला चलेको थियो, तर त्यसबेला त्यो हल्लामै सीमित भयो । तर यो वर्ष भने लगानीकर्तामा नयाँ उचाइको पर्खाइ अझै बलियो देखिएको छ ।

साउन र भदौ : किन बन्छ नयाँ रेकर्ड?
विशेषज्ञहरूका अनुसार साउन र भदौमा बजार सक्रिय हुनुका पछाडि केही महत्वपूर्ण कारण छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट भन्छन्, “साउनमा कम्पनीहरूको वार्षिक वित्तीय विवरण आउँछ, जसअनुसार लाभांशको अन्दाज लगाउन सकिन्छ । कम्पनीले वर्षभर कमाएको लाभांश केही महिनामै पाइने भएकाले लगानीकर्ताको चासो ती महिनातर्फ बढी हुन्छ ।”

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो अपरीष्कृत वार्षिक विवरण साउन मसान्तसम्म प्रकाशित गर्नुपर्ने नियम भएकोले सो समयमा बजारमा सक्रियता बढ्ने गर्छ । यसैगरी, मौद्रिक नीतिको प्रभाव पनि साउनमै देखिने हुँदा यो महिना निर्णायक मानिन्छ । यसपटक राष्ट्र बैंकको नीति बजारमैत्री भएको र ब्याजदर न्यून विन्दुमा झरेको कारण बजारमा सकारात्मक माहोल छ ।

असार महिनामा सरकारी पूँजीगत खर्च बढ्ने भएकाले साउनमा बैंकहरूमा तरलता पर्याप्त हुने गर्छ । रानाभाटका अनुसार, “साउनमा धेरै पैसा बजारतिर फर्किन सक्छ, जसले नयाँ उचाइ चुम्न मद्दत गर्छ ।”

लगानीकर्ता तथा प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगाना भन्छन्, “विगतमा पनि साउन र भदौमा बजारले नयाँ रेकर्ड बनाएकाले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बसेको छ ।”


रेकर्ड नटुटेसम्म बुल बजारको त थालनी होइन?

कतिपय लगानीकर्ताको बुझाइमा, नेप्सेले २०७८ भदौ २ को ३१९८ अंकको रेकर्ड नतोडेसम्म ‘बुल बजार’ को ठोस सुरुआत मान्न सकिन्न । तर दीर्घकालीन बजार ट्रेन्डले भने ‘हायर हाई, हायर लो’ बनाउँदै bullish momentum पुष्टि गरिरहेको छ ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, “राष्ट्र बैंकका नीतिहरु बजारका लागि अनुकूल छन्, पुराना सबै रेकर्ड समयक्रममै तोडिनेछन् । तर बजार सधैं उकालो मात्र लाग्दैन, सम्हालिएर अघि बढ्नुपर्छ ।”

ब्याजदर घट्यो, लगानी बजारमा फर्कियो
व्यक्तिगत मुद्दती खातामा बैंकहरूले हाल ६ प्रतिशत हाराहारीमा मात्रै ब्याज दिइरहेका छन्, तर केही कम्पनीहरूले त्यही हाराहारीमा लाभांश दिने आधार तयार गरेका छन् । ढुंगानाका अनुसार, “कम्पनीहरुले केही महिनामै वर्षभरको मुद्दती ब्याज बराबर लाभांश दिने अवस्था बनाउँदा लगानीकर्ताको ध्यान शेयर बजारतर्फ मोडिएको हो ।”

ठूला व्यक्तिगत कारोबारीदेखि म्युचुअल फन्ड र संस्थागत लगानीकर्ता समेत हाल बजारमा सक्रिय छन्, जुन बजारलाई नयाँ उचाइतर्फ लैजाने अर्को कारण बनेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka