Premier Cables

विराटनगर

विश्व पोलियो दिवसको अवसरमा विराटनगरको रोटरी चोकमा दिप प्रज्वलन

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८२  | साँझ ६:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विश्व पोलियो दिवसको अवसरमा रोटरी चोकमा विभिन्न रोटरी क्लबहरूले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै पोलियो उन्मूलनप्रति आफ्नो प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा करिब २५ देखि ३० जना रोटेरियनहरूको सक्रिय उपस्थिति रहेको थियो।

यस कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष गिरिजा सारडाले पोलियो उन्मूलनका लागि रोटरी इन्टरनेशनलले विश्वभरि सञ्चालन गर्दै आएको अभियानबारे जानकारी गराउँदै वैश्विक स्वास्थ्य सुरक्षामा रोटरीको महत्वपूर्ण योगदान रहेको बताइन्। उनले पोलियो रोग पूर्ण रूपमा अन्त्य गर्न आवश्यक जनचेतना, खोप कार्यक्रम तथा निरन्तर सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरिन्।

विज्ञापन

रोटरी क्लबहरूद्वारा आयोजित यस दिप प्रज्वलन कार्यक्रमले पोलियोविरुद्धको लडाइँ अझ बलियो बनाउन सर्वसाधारणमा सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka