Premier Cables
Premier Steel

विराटनगर

सिन्धुलीमा सडकबाट कार खस्यो: विराटनगरका ओमबहादुर अर्जेलकाे मृत्यू, परिवारका दुई जना घाइते

Calendar मंगलबार, कार्तिक ११, २०८२  | अपराह्न ३:१३ बजे

रामेछाप । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ गइरहेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खस्दा मोरङ जिल्ला विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।

बिज्ञापन

दुर्घटनामा ओमबहादुरकी पत्नी ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्। घाइते दुवैलाई स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो।

उपचारका क्रममा चालकसमेत रहेका ओमबहादुरको मृत्यु भएको र उनकी पत्नीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। छोरा निशान्तको अवस्था मध्यम रहेकाले उनलाई थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सुनकोसीको टोली खटिएको र दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka