विराटनगर । कोशी प्रदेश सरकारमा निकट भविष्यमा मन्त्रीपरिषद् फेरबदल हुने भएको छ। नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले यही साताभित्र मन्त्रिपरिषद्मा हेरफेर हुने दाबी गरेका छन्।
बुधबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै राईले गठबन्धनको प्रमुख साझेदार नेपाली कांग्रेससँग मन्त्रिपरिषद् पुनर्गठनबारेको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए।
बिज्ञापन
उनका अनुसार सत्ता सन्तुलन कायम गर्न र सरकारको कार्यशैलीमा सुधार ल्याउन मन्त्रिपरिषद् हेरफेर आवश्यक बनेको छ। राईको भनाइले कोशी प्रदेश सरकारमा निकट भविष्यमै ठूला राजनीतिक परिवर्तन हुने संकेत गरेको छ।