Premier Cables
Premier Steel

शेयर बजार

सामान्य अंक घटेर बन्द भयो शेयर बजार

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १८ अंक घटेको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक २.०७ अंक घटेर २९६२.१३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।

बिज्ञापन

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको १ लाख ७० हजार ७२६ पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँबराबरको ४ करोड ४१ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन सान्भि इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। शेयरमूल्य बढेको अरु स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.४९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब ७७ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत बढेको छ। त्इसतै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka