Premier Cables
Premier Steel

राष्ट्रिय

जलेको एमाले केन्द्रीय कार्यालय बनाउन १० करोड खर्च लाग्ने

Calendar बुधबार, कार्तिक १२, २०८२  | अपराह्न ३:१३ बजे

विराटनगर । जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय पुनर्निर्माण गर्ने तयारी भएको छ। पुनर्निर्माणका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान कार्यालय सचिव डा। भीष्म अधिकारीले प्रस्तुत गरेका छन्।

भदौ २४ गते च्यासलस्थित एमाले केन्द्रीय कार्यालय आन्दोलनकारीहरूले तोडफोड र आगजनी गर्दा पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो।

बिज्ञापन

पार्टी केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार, विदेशमा रहेका युवाहरूले कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्। डा। अधिकारीलाई उद्धृत गर्दै बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “पार्टीले जलेकै भवन पुनर्निर्माण गरी पुनः पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न देशमा रहेका युवाहरूले फोन गरेर ‘कार्यालय हामी बनाइदिन्छौँ’ भन्ने प्रतिबद्धता जनाएका छन्।”

तर ती सहयोग गर्न इच्छुक युवाहरूको परिचय खुलाइएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka