Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा गतिलो बाउन्स ब्याक

Calendar मंगलबार, कार्तिक ११, २०८२  | अपराह्न ३:४९ बजे

काठमाण्डौ । सेयर बजारमा गतिलो बाउन्स ब्याक भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) परिसूचक मंगलबार ६२ अंकले बढेर २५७१.३४ को विन्दूमा फर्किएको हो ।

बिज्ञापन

बजार वृद्धिका लागि आवश्यक अधिकांश आधारहरु तयार भइसकेका कारण लगानीकर्ताहरुमा थोरै भए पनि आत्माबल फर्किँदा त्यसको सकारात्मक प्रभाव आजको कारोबारमा देखिएको हो ।

मंगलबार नेप्से परिसूचकमा उछालसँगै कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । इण्डेक्स र टर्नओभर सँगसँगै बढ्नुले लगानीकर्ताहरुमा खरीदतर्फको आत्माविश्वास बढेको र बिस्तारै निस्क्रिय बसेका लगानीकर्ताहरुले समेत बजारमा पैसा खन्याउन थालेका देखिएको छ ।

मंगलबारको बजारको विषयमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजार पहिल्यै बढ्नुपर्ने हो, तर विभिन्न अवस्थाहरुले गर्दा बजारले लय समात्न सकिरहेको थिएन । जेनजीहरुको आन्दोलन, क्लोजिङको समय र चाडपर्वले गर्दा बजार बढ्न सकिरहेको थिएन । सबै कुराहरु सकारात्मक हुँदाका बाबजुत पनि लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न नसकेको कारण बजार माथि जान सकेको थिएन ।’

उनले थपे, ‘आज बजार बढ्नुको मुख्य कारण भनेकै लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्नु हो । चाडपर्व सकिएलगत्तै अब लगानीकर्ताहरु बजारतर्फ तानिएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार बैंक वित्तीय संस्थाहरुमा ११ खर्ब भन्दा बढी तरलता पर्याप्त छ । लगानीकर्ताहरुले ८ प्रतिशत हाराहारीमै लोन पाइरहेका छन् । बैंक वित्तीय संस्थाहरुको सीडी रेसियो अनुपात राम्रो छ । अब लगानीकर्तामा आत्मबल बढेको छ । बजार अब अझै बढ्छ । जसले यो समयमा बुझेर राम्रो कम्पनीमा लगानी गरेको छ, उसले केही समयपश्चात् डबल रिटर्न पाउने देखिन्छ । अहिलेको समय भनेको लगानीको अवसर पनि हो ।’

के-के भयो बजारमा ?

यो दिन व्यापारबाहेकका सबै समूहको सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूहको सूचक ४.४७ प्रतिशतले बढेको यो दिन वाणिज्य बैंक समूहमा १.९२ प्रतिशत, बित्त समूहमा ३.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.५५ प्रतिशत र निर्जीवन बीमा समूहमा २.५४ प्रतिशतको बढोत्तरी भएको छ ।

यस्तै, होटल तथा पर्यटन समूहमा २.८० प्रतिशतको वृद्धि देखिएको छ भने जलविद्युत समूहमा ३.९० प्रतिशत, लगानी समूहमा ३.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३७ प्रतिशत, माइक्रोफाइनान्स समूहमा २.५९ प्रतिशत, अन्य समूहमा १.९१ प्रतिशत र म्युचुअल फण्ड समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ ।

व्यापार समूह भने ०.७६ प्रतिशतको गिरावट आएको छ ।

यो दिन कारोबारमा आएकामध्ये २३६ कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजारमा कुल ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ वटा कारोबारमार्फत कुल ४ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ४०५ रुपैयाँ बराबरको किनबेच भएको छ ।

अघिल्लो कारोबार दिन भने टर्नओभर २ अर्ब ६६ करोडमा सीमित थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka