Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

निजी अस्पतालका नर्सको आन्दोलनमा सरकारीको समर्थन, के छन् माग ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८२  | अपराह्न ३:५२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । निजी स्वास्थ्य संस्थाहरूले नर्सहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको आरोप लगाउँदै नर्सहरू विराटनगरमा आन्दोलित भएका छन्। नेपाल नर्सिङ संघको आह्वानमा सुरु भएको आन्दोलनमा कोशी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

नेपाल नर्सिङ संघ मोरङको नेतृत्वमा कोशी अस्पतालका नर्सहरूले अस्पताल परिसरमै प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘नर्सको कामको सम्मान गर’, ‘श्रम शोषण बन्द गर’, ‘विदेशिने बाध्यता हटाऊ’ र ‘श्रमको अवमूल्यन नगर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।

बिज्ञापन

विरोध कार्यक्रममा बोल्दै नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालहरूले अनिवार्य रूपमा लागू गर्नुपर्ने माग गरिन्। उनले राज्यले तोकेको पारिश्रमिक कार्यान्वयन नभएसम्म स्वास्थ्यकर्मीहरूको आन्दोलन जारी रहने चेतावनी दिइन्।

उनका अनुसार, केन्द्रीय सर्कुलरअनुसार कोशी अस्पतालका नर्सहरूले बुधबारदेखि दैनिक दुई घण्टा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम तय गरिएको छ। माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ। यो आन्दोलनले निजी स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरूको दयनीय अवस्था र अधिकारको बेवास्ता भएको यथार्थ उजागर गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka