Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार (भोलि) विश्वासको मत लिने

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | राती ८:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी भदौ ८ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा औपचारिक सूचना दर्ता गराएका हुन्। नेकपा र एमालेबीच सहमति अनुसार कोशीमा संयुक्त सरकार बनेको छ ।

बिज्ञापन

नेपालको संविधानको धारा १८८ (२) बमोजिम सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभा नियमावली २०७४ को नियम १२८ (१) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गरेका हुन्।

मुख्यमन्त्रीद्वारा प्रदेश सभालाई दिइएको सूचनामा भदौ ८ गते सोमबार दिनको २ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

मौजुदा प्रदेश सरकारबाट नेपाली कांग्रेस अलग भई समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा आफ्नो बहुमत सिद्ध गर्नुपर्ने भएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka