Premier Cables

अर्थ

दशैँमा बैङ्कका एटीएम मेसिनबाटै पाइने छ नयाँ नाेट

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २१, २०८३  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अब दशैंमा एटिएमबाटै नयाँ नोट झिक्न सकिने छ । नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनसँगै बैंकहरुले एटिएम मेसिनमा नयाा १०० रुपैयाँका नोट राख्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले चाडपर्वलाई लक्षित गरेर सबै बैंक तथा वित्तीय संस्थाका एटिएमबाट नयाँ नोट निकाल्ने व्यवस्था हुन लागेको बताए । बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने पनि व्यवस्था गरिएको छ ।

विज्ञापन

असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था भइसकेको पौडेलले जानकारी दिए। केही वर्षदेखि राष्ट्र बैंकले चाडपर्वमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई भने क्रमशः न्यूनीकरण गर्दै आएको छ ।

‘एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन’, उनले भने । उनका अनुसार भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ करेन्सी इन सर्कुलेसन रहेको छ । दसैँका समयमा उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka