Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र आचार्य, महामन्त्रीमा पौडेल र राणा विजयी

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | बिहान ९:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। समावेशीतर्फको उपसभापतिमा बिनोदकुमार चौधरी विजयी भएका छन्।

त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् भने महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन्।

विज्ञापन

उपसभापतिमा भण्डारीलाई सर्वाधिक मत

उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। विजयी अर्का उम्मेदवार इन्जिनियर मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन्।

यस पदका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतिमा चौधरी निर्वाचित

उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाएका छन्।

त्यस्तै, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

महामन्त्रीमा पौडेल र राणाको जित

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित विजय हासिल गरेका छन्। उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेर महामन्त्री पदमा निर्वाचित भएका छन्।

अन्य उम्मेदवारमध्ये डा. सुनीलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा डिला संग्रौला विजयी

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ले २ हजार ८६४ मत प्राप्त गरेकी छन् भने रीता खनालले ८०४ मत पाएकी छन्।

मतगणनाको अन्तिम परिणामसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका विजेताको टुंगो लागेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka