Premier Cables
Premier Steel

समाचार

पथरीमा गुडिरहेको ईभी गाडीमा आगलागी

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | बिहान ९:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका १० स्थित डाँस खोलामा गुडिरहेको विद्युतीय (ईभी) गाडीमा आगलागी भएको छ । यसबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

इटहरीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२/००२ च ६७५० नम्बरको ईभी गाडीमा साँझ ६ः४५ बजे गुडिरहेको अवस्थामा अचानक आगलागी भएको थियो । गाडीमा सभार उर्लाबारी निवासी भवानी चौलागाई सकुसल रहेका छन् ।

विज्ञापन

आगलागीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । घटनापछि पथरी शनिश्चरे नगरपालिकाको दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी हुनुको कारणबारे खुल्न सकेको छैन । यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka