Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीले भदौ ८ गते तेस्रो पटक विश्वासको मत लिने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ७:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ८ गते सोमबार तेस्रो पटक विश्वासको मत लिने भएका छन्।

सोही अनुसार तयारी गर्न उनले संसद सचिवालयमा पत्राचार गरिसकेका छन्। प्रदेश सभा सचिवालय र मुख्यमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेका छन्।

विज्ञापन

सुरुमा आजै विश्वासको मत लिने तयारी भए पनि एमाले अध्यक्षसँग छलफल गरेर मात्र अघि बढ्ने भन्दै समय सारिएको एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार, तीन बुँदे सहमति कार्यान्वयनबारे स्पष्ट ब्रिफिङ गर्नुपर्ने भएकाले बैठक पछाडि धकेलिएको हो।

संसद सचिवालय र सभामुखले यसबारे सांसदहरूलाई जानकारी गराइसकेका छन्। एमाले सांसद मीना श्रेष्ठले सभामुख र सचिवालय दुवैबाट सोमबार विश्वासको मत लिनेबारे जानकारी प्राप्त भएको बताइन्।

यसैबिच, मुख्यमन्त्री कार्की अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न शनिबार काठमाडौँ जाने कार्यक्रम छ। सोही दिन एमाले महासचिव शंकर पोखरेल एक कार्यक्रमका लागि विराटनगर आउने भएपछि कार्कीको काठमाडौँ जाने कार्यक्रम रोकिन सक्ने अनुमान पनि गरिएको छ।

नेपाली कांग्रेसले भदौ ३ गते नै मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यसअघि गत साउन ९ गते एमाले र नेकपाबिच प्रदेश सरकार गठन गर्ने सहमति अनुसार नेकपा सोमबार नै सरकारमा सहभागी भइसकेको छ।
कार्कीको अघिल्ला दुई विश्वासको मत:

पहिलो पटक: संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ मा मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उपस्थित ६२ सांसदमध्ये ५७ जनाले पक्षमा मत दिएका थिए भने ५ जना तटस्थ बसेका थिए।

दोस्रो पटक: एमाले-माओवादी गठबन्धन टुटेर कांग्रेससँग सहकार्य भएपछि उनले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। कुल ८३ सांसद सहभागी मतदानमा पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

कोशी प्रदेशसभाको वर्तमान दलीय गणित

नेकपा (एमाले): ४०
नेपाली कांग्रेस: २९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र + एकीकृत समाजवादी): १७
राप्रपा: ५ (सभामुखसहित)
जसपा: १
कुल: ९३ सदस्य

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka