Premier Cables

कोशी प्रदेश राजनीति

मन्त्री फेर्न मुख्यमन्त्री ‘सिरियस,’ अनौपचारिक छलफलमा जुटे

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | बिहान ११:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरू फेर्ने तयारीमा रहेको संकेत दिएका छन्। यद्धपि यो विवादित कांग्रेसका मन्त्री वा आफ्नै दल एमालेका भन्ने प्रस्ट छैन् ।

मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दल नेपाली कांग्रेसका केही नेताहरूसँगको यसबारे छलफल समेत गरेका छन् । तर, उनले सार्वजनिक रुपमा भने यसबारे केही खुलाएका छैनन् ।

विज्ञापन

विवादमा परेका कांग्रेसका मन्त्री फिर्ता गराउने सन्दर्भमा यसअघि मुख्यमन्त्री कार्कीले कांग्रेस संसदीय दलका नेता उद्धव थापासँग समेत परामर्श गरेका थिए । तर, थापाले केन्द्रीय सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्र आफूले केही गर्नसक्ने भनेर कार्कीलाई जानकारी गराएका थिए । फर्ममेन्स कमजोर हुने मन्त्रीहरुलाई हटाउन चाहेको मुख्यमन्त्रीले संकेत गरेको उनी निटक स्रोतले बताएका छ । तर, एमाले र कांग्रेसको सरकार गठन हुँदा १३ महिनामा मन्त्री फेर्ने सहमति थियो ।

कांग्रेसका एक सांसदले भने,‘‘मुख्यमन्त्री ज्यूले त्यो समय नजिकिएकोले पनि मन्त्री फेर्न चाहनु भएको हुन सक्छ । केही मन्त्रीको पर्फमेन्स निकै कमजोर भएको प्रति मुुख्यमन्त्री अलि बढी नै सिरियस देखिनु भएको छ ।’’ एमालेका मन्त्री फेर्ने तयारीमा लगभग मुख्यमन्त्री पुगिसकेको आफूले पाएको ती सांसदले बताए ।

एमालेका तर्फबाट हाल राम राना,आर्थिक मामिला तथा योजना, एकराज कार्की खानेपानी, सिंचाइ तथा ऊर्जा, पाँचकर्ण राई सामाजिक विकास, रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन र सिर्जना राई राज्यमन्त्री छन्। राज्यमन्त्री राईले मुख्यमन्त्री केन्द्रीत कयौं स्टाटस सामाजिक सञ्जालहरुमा पोस्ट गर्दै आएकी छिन् ।

पछिल्लो पटक कांग्रेसबाट मन्त्री बनेका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामा विवादमा तानिएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka