विराटनगर। बालबालिका, पुरुष तथा महिलाका पहिरनसहित विभिन्न फेसन एसेसरिज उपलब्ध गराउने विश्वासिलो नाम ‘चेक एन्ड मेट’को नयाँ आउटलेट आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नयाँ आउटलेटमा किड्स वेयर, मेन्स वेयर . लेडिज वेयर लगायत विभिन्न प्रकारका फेसन सामग्री उपलब्ध हुनेछन्। नेपालीहरूको महान् चाडपर्व दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरिएको सञ्चालक शुभम दुगडले जानकारी दिनुभयो।
चाडपर्वको अवसरमा आकर्षक पहिरन तथा फेसन सामग्री खरिद गर्न चाहने ग्राहकहरूलाई एकपटक आउटलेटमा भ्रमण गरी उपलब्ध सामग्री तथा विशेष छुटको लाभ लिन सञ्चालक दुगडले अनुरोध गर्नुभएको छ।
‘चेक एन्ड मेट’ को नयाँ आउटलेट विराटनगरस्थित अतिथि सदनको छेउमा रहेको छ।
नयाँ आउटलेटको शुभारम्भसँगै ग्राहकहरूले एउटै स्थानबाट बालबालिका, महिला तथा पुरुषका पहिरन र विभिन्न फेसन एसेसरिज खरिद गर्न सक्नेछन्।
