Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब विराटनगर मिडटाउनद्वारा कोशी अस्पतालका सुत्केरीहरूलाई सामग्री वितरण

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०२, २०८३  | साँझ ७:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर मिडटाउनले सामाजिक उत्तरदायित्व अन्तर्गत एक परोपकारी कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले कोशी अस्पताल बिराटनगरको प्रसूति वार्डमा रहेका सम्पूर्ण सुत्केरी महिलाहरूलाई विभिन्न आवश्यक सामग्रीहरू वितरण गरेको हो।

बिज्ञापन

शनिबार आयोजित उक्त विशेष कार्यक्रममा अस्पतालका प्रसूति वार्डमा भर्ना भएका आमा तथा नवजात शिशुहरूका लागि फलफूल, झुल (मच्छरदानी), सेनेटरी प्याड तथा बेबी डाइपर लगायतका दैनिक उपभोग्य एवं स्वास्थ्यवर्द्धक सामग्रीहरू प्रदान गरिएको थियो।

उक्त सेवामूलक कार्यक्रममा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरू रो. सुशील प्रसाद रिजाल, रो. रामअवतार अग्रवाल, रो. राजु गोयल, रो. प्रतिस अग्रवाल, रो. संजय वंशल, रो. प्रदिप अग्रवाल र रो. मनोज मण्डल लगायतको सक्रिय उपस्थिति रहेको थियो। यसैगरी अध्यक्ष बिनोद बोहरा पनि सहभागी हुनुहुन्थ्यो ।

क्लबले आगामी दिनहरूमा पनि यस्ता मानवीय र सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa