Premier Cables
Premier Steel

विराटनगर

मोरङमा ४ लाख २७ हजारको अवैध सामान बरामद, एक जना पक्राउ

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८३  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले ४ लाख २७ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई समेत नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी तथा मातहतका सीमा सुरक्षा गुल्म रानी र बीओपी जहदा भुटाहाबाट खटिएको टोलीले शनिबार विभिन्न स्थानबाट सामान बरामद गरेको हो ।

विज्ञापन

सशस्त्र प्रहरीका अनुसार बरामद सामानको भन्सार मूल्य ४ लाख २७ हजार ३९० रुपैयाँ रहेको छ । बरामद गरिएका सामानमा एक थान मोटरसाइकल, दुई थान रिक्सा, रजनीगन्धा, लत्ताकपडा, औषधि, हार्डवेयर तथा किराना सामान रहेका छन् ।

अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–१४ निवासी २३ वर्षीय विपिन यादवलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान र नियन्त्रणमा लिइएका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka