विराटनगर । जेनजी आन्दोलन क्रममा र रसुवाको बाढीमा ज्यान गुमाएका दिवंगत आत्माहरु प्रति विराटनगरका सबै रोटरी क्बलहरुले सामुहिक दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
त्यस अवसरमा सहभागी रोटरियनहरुले जेनजी आन्दोलनका सहिद प्रति श्रद्धाञ्जली अर्पण गरी मौनधारण गरेका थिए । यसैगरी रसुवामा गएको बाढी पहिरोमा परी दिवंगत भएका सर्वसाधारण प्रति पनि श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
सो अवसरमा विराटनगरका रोटरी क्लब अफ मिडटाउनका महासचिव प्रतिस अग्रवालले विपद्को घडीमा सबै एक भएर सङ्कटसँग जुध्नु पर्ने बताएका थिए । त्यस अवसरमा बोर्ड मेम्बर सञ्जय बशंल, अनिल रिजा, डा. बिरेन्द्र विष्ट, मेन्टर रामकुमार अग्रवाल लगायत उपस्थिति थिए ।
उक्त अवसर मा रोटी विराटनगर मिडटाउनका अध्यक्ष विनोद बोहरा, सचिव प्रतिस अग्रवाल, प्रदिप अग्रवाल, रानु गोयल, सञ्जय बशंल तथा पुर्व अध्यक्ष रो. डा. विरेन्द्र विष्ट तथा रामअवतार अग्रवालको उपिस्थिति थियो



