Premier Cables
Premier Steel

राजनीति

लगातार तेस्रो जितको लक्ष्यसहित नेपालले आज क्यानडासँग खेल्दै

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८३  | बिहान ८:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

विज्ञापन

नेपालले यसअघि शृङ्खलामा खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा क्यानडालाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानलाई हराएको थियो । आज क्यानडालाई पराजित गर्न सके नेपालले शृङ्खलामा लगातार तेस्रो जित निकाल्नेछ ।

लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ । नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ । यस्तै, क्यानडा ३५ खेलमा २७ अंकसहित सातौँ स्थानमा रहेको छ ।

शृङ्खलाको सुरुआतमा ओमान र नेपालसँग पराजित भएको क्यानडाले बिहीबार ओमानलाई हराउँदै जितको लयमा फर्किने संकेत गरेको छ । त्यसैले आजको खेल नेपालका लागि जितको सिलसिला कायम राख्ने र अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka