Premier Cables
Premier Steel

राजनीति

काँग्रेस महाधिवेशनबाट १३१ जना निर्वाचित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३०, २०८३  | अपराह्न २:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सात दिनपछि सकिएको हो । मतपरिणामअनुसार २३१ जना केन्द्रीय सदस्य तथा पदाधिकारी निर्वाचित भएका छन् ।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । त्यसमध्ये २३१ जना निर्वाचनबाट चयन हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । महाधिवेशन प्रतिनिधिहरूले विभिन्न क्लस्टरका आधारमा २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए ।

विज्ञापन

सभापति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यसपटक संशोधित विधानअनुसार पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनुका साथै समावेशितालाई प्राथमिकता दिइएको छ । कांग्रेसको इतिहासमा पहिलोपटक उपसभापति र महामन्त्री पदमा समेत समावेशिताको अभ्यास गरिएको हो ।

नयाँ विधानअनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् भने महिलातर्फ डा. डिला संग्रौला चयन भएकी छन् ।

त्यस्तै, १५ सहमहामन्त्रीमध्ये ११ जना निर्वाचनबाट चुनिएका छन् । खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही र महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएका छन् ।

यसैगरी पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित भएका छन् । बाँकी चार सहमहामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

सभापति थापाले कुल सात हजार ३९ मतमध्ये ६ हजार ५८४ मत प्राप्त गरेका छन् । यो कुल मतको ९३.८८ प्रतिशत हो । उपसभापतिमध्ये चन्द्र भण्डारीले सर्वाधिक तीन हजार ७३५ मत प्राप्त गर्दा महामन्त्रीमा प्रदीप पौडेलले चार हजार १९४ मत पाएका छन् । सहमहामन्त्रीमध्ये प्रतिमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरेकी छन् ।

खुलातर्फका ४५ केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पेसागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चयन भएका छन् ।

त्यसैगरी पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka