Premier Cables
Premier Steel

समाचार

डेढ महिनामै चार भाले हात्ती मारिए, प्रजननमा संकट आउन सक्ने चेतावनी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३०, २०८३  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । नेपालमा मानवीय लापरवाहीका कारण जंगली भाले हात्ती मारिने क्रम बढ्दै गएको छ । चालु वर्षको डेढ महिनाको अवधिमै चारवटा भाले हात्ती मारिएका छन् । असोज महिनामा मात्रै तीनवटा प्रजननयोग्य भाले हात्तीको मृत्यु भएपछि संरक्षणकर्मीहरूले हात्तीको प्रजननमा संकट आउन सक्ने चेतावनी दिएका छन् ।

२०८३ असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको चर्चित हात्ती रोनाल्डो वरण्डाभार क्षेत्रमा नेपाली सेनाको पोस्टमा लगाइएको विद्युतीय तार चपाउँदा करेन्ट लागेर मरेको थियो । त्यसको १५ दिनपछि असोज १८ गते सर्लाहीको बागमती नगरपालिका–४ स्थित परबलबारीमा सुँढलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा अर्को भाले हात्ती मृत भेटियो ।

विज्ञापन

त्यसको नौ दिनपछि उदयपुरको बेलका नगरपालिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै धानबारीमा ‘सानो दारे’ नामले चिनिने वयस्क भाले हात्ती मृत फेला परेको थियो । यसअघि भदौ ३१ गते झापाको मेचीनगर–३ स्थित तेलपानी जंगलमा पनि एउटा भाले हात्ती मृत भेटिएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार गत वर्ष नौवटा जंगली भाले हात्ती मारिएका थिए । पछिल्लो १५ वर्षमा मानवीय कारणले ५८ वटा हात्ती मारिएको उनको भनाइ छ ।

एउटा भाले हात्तीले धेरै पोथी हात्तीसँग प्रजनन गर्ने भएकाले यसको मृत्युले हात्तीको वंश विस्तारमा गम्भीर असर पार्ने डा. राम बताउँछन् । उनले किसानलाई समयमै उचित क्षतिपूर्ति उपलब्ध गराउने र विद्युतीय धराप तथा विषादी प्रयोग रोक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार नेपालमा करिब दुई सयको हाराहारीमा रहेका हात्तीमध्ये बर्सेनि ११–१२ वटा मारिने गरेका छन् । यही अवस्था जारी रहे भविष्यमा नेपालमा हात्ती लोप हुने जोखिम रहेको उनले बताए ।

विज्ञहरूका अनुसार हात्तीका परम्परागत जैविक मार्गमा अवरोध, बासस्थानमा मानवीय हस्तक्षेप र धानबालीमा आकर्षित हुने प्रवृत्तिले मानव–हात्ती द्वन्द्व बढाएको छ । हात्ती संरक्षणका लागि जनचेतना, प्रभावकारी राहत व्यवस्था र जैविक मार्गको संरक्षण आवश्यक रहेको उनीहरूको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news

## कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, २३१ जना केन्द्रीय सदस्य निर्वाचित काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सात दिनपछि सकिएको हो । मतपरिणामअनुसार २३१ जना केन्द्रीय सदस्य तथा पदाधिकारी निर्वाचित भएका छन् । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । त्यसमध्ये २३१ जना निर्वाचनबाट चयन हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । महाधिवेशन प्रतिनिधिहरूले विभिन्न क्लस्टरका आधारमा २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए । सभापति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यसपटक संशोधित विधानअनुसार पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनुका साथै समावेशितालाई प्राथमिकता दिइएको छ । कांग्रेसको इतिहासमा पहिलोपटक उपसभापति र महामन्त्री पदमा समेत समावेशिताको अभ्यास गरिएको हो । नयाँ विधानअनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् । महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् भने महिलातर्फ डा. डिला संग्रौला चयन भएकी छन् । त्यस्तै, १५ सहमहामन्त्रीमध्ये ११ जना निर्वाचनबाट चुनिएका छन् । खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही र महिलातर्फ प्रतिमा गौतम निर्वाचित भएका छन् । यसैगरी पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित भएका छन् । बाँकी चार सहमहामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था छ । सभापति थापाले कुल सात हजार ३९ मतमध्ये ६ हजार ५८४ मत प्राप्त गरेका छन् । यो कुल मतको ९३.८८ प्रतिशत हो । उपसभापतिमध्ये चन्द्र भण्डारीले सर्वाधिक तीन हजार ७३५ मत प्राप्त गर्दा महामन्त्रीमा प्रदीप पौडेलले चार हजार १९४ मत पाएका छन् । सहमहामन्त्रीमध्ये प्रतिमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरेकी छन् । खुलातर्फका ४५ केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पेसागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चयन भएका छन् । त्यसैगरी पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन् ।

शुक्रबार, असोज ३०, २०८३   |   राजनीति
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka