Premier Cables
Premier Steel

विराटनगर

दुई लायन्स क्लबद्वारा कटहरीमा आयोजित निःशुल्क आँखा शिविरमा ११७ जनाको आँखा परीक्षण

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | अपराह्न २:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कटहरी । लायन्स क्लब अफ विराटनगर शुभम र लायन्स क्लब अफ विराटनगर इनभिजनको संयुक्त आयोजनामा मोरङको कटहरी गाउँपालिका–१ स्थित वडा समितिको कार्यालय परिसरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

अक्टोबर ८ देखि १८ सम्म मनाइने अन्तर्राष्ट्रिय सेवा सप्ताहको अवसरमा बुधबार शिविर आयोजना गरिएको हो । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहयोगमा शिविर सञ्चालन गरिएको हो।

विज्ञापन

डिस्ट्रिक्ट गभर्नर लायन लीलाकुमार चिमरियाको प्रमुख आतिथ्य र प्रथम भाईस डिष्ट्रिक गभर्नर लायन रमेश राउत , क्याबिनेट सेक्रेटेरी रेखा गुरुङ एरिया कोर्डिनेटर रमेश राउतको उपस्थितिमा शिविर सम्पन्न भएको हो । यसमा ११७ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरमा मोतियाबिन्दुको समस्या पहिचान भएका १० जनाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

लायन्स क्लब अफ विराटनगर शुभमकी अध्यक्ष लायन शारदा दाहालले आर्थिक अभावका कारण आँखाको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताइन्।

उनले शिविर सफल बनाउन सहयोग गर्ने रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, कटहरी गाउँपालिका–१ को वडा समितिको कार्यालय, वडा अध्यक्ष हरिनारायण राजवंशी, स्वास्थ्यकर्मी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरिन्।

दाहालले भनिन्,”स्थानीयस्तरमै निःशुल्क आँखा परीक्षण तथा निस्शुल्क औषधि प्राप्त भएपछि सेवाग्राहीलाई राहत पुगेको छ ।”

लायन्स क्लबले अन्तर्राष्ट्रिय सेवा सप्ताहलाई लक्षित गर्दै मानवसेवा र जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा लायन्स क्लब अफ विराटनगर इनभिजनकी अध्यक्ष ज्योति खरेलले भनिन्” सामाजिक सेवामा क्लबले विविध कार्यक्रमहरु गरिरहेको छ । यसलाइ निरन्तर गरिने छ ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka