Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब डाउन टाउनद्वारा विश्रान्ती घाटमा वृक्षारोपण

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, साउन १०, २०८२  | राती ९:४५ बजे

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले विराटनगर–७ स्थित परम विश्रान्ति घाटको परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणमा योगदान दिएको हो।

बिज्ञापन

कार्यक्रम अन्तर्गत अम्बा, कटहर, अमला, साग तथा गुलमोहर जस्ता बिरुवाहरू रोपिएको क्लबले जानकारी दिएको छ। क्लबका पदाधिकारीका अनुसार वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आगामी दिनहरूमा पनि समाज तथा राष्ट्रका हितमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka