Premier Cables
Premier Steel

राजनीति

मधेस सरकारमा एमालेको धक्का, चार मन्त्रीले दिए राजीनामा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३०, २०८३  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले बिहीबार राजीनामा दिएका हुन्।
चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए।

विज्ञापन

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएकाले समर्थन फिर्ता लिने निर्णय गरिएको बताएका छन्।

मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी सम्मिलित गठबन्धन सरकार रहेको छ।

एमालेका चार मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै मधेस प्रदेश सरकारको राजनीतिक समीकरणमा हलचल पैदा भएको छ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयनको विषयले गठबन्धनमा दरार उत्पन्न गरेपछि प्रदेश सरकारको आगामी राजनीतिक दिशा के हुन्छ भन्ने चासो बढेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka