Premier Cables
Premier Steel

समाचार

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १५, २०८३  | बिहान ८:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा खलल पुर्‍याउने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्य कसैको हितमा नहुने बताएका छन्।

बिज्ञापन

आईजीपी कार्कीका अनुसार यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने भएकाले सबै पक्षले संयमता अपनाउन आवश्यक छ।

संवेदनशील परिस्थितिमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो रोज्नुपर्नेमा उनले जोड दिएका छन्। साथै, एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरेका छन्।

‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले भनेका छन्।

उनले यस संवेदनशील अवस्थामा संयमता, सहिष्णुता र आपसी सम्मानका साथ एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सम्पूर्ण नेपालीसँग अपिल गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa