Premier Cables
Premier Steel

समाचार

सुनसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी

Kuldip Bastola Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १६, २०८३  | बिहान ९:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज साउन १६ गते बिहान ५ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्म कर्फ्यु हटाइएको हो।

यद्यपि, शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले तोकिएका क्षेत्रमा अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा भने यथावत् रहने प्रशासनले जनाएको छ। निषेधाज्ञा अवधिमा एकै स्थानमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन, धर्ना तथा अन्य भीडभाडका गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।

बिज्ञापन

निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ को महेन्द्र राजमार्ग आसपासको क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ को महेन्द्र राजमार्ग आसपास, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका समावेश छन्।

प्रशासनले सबै नागरिकलाई शान्ति, सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa