Premier Cables
Premier Steel

समाचार

मोरङमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्ने विषयमा सर्वपक्षीय बैठक आह्वान

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | बिहान ९:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। सुनसरीको देवानगञ्जमा भएको घटनापछि मोरङ जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक आह्वान गरेको छ।

जिल्ला प्रशासन कार्यलय मोरङले सबै राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी, हिन्दू तथा मुस्लिम संघ–संस्था, उद्योगी–व्यवसायीका विभिन्न संगठन, पत्रकार महासंघ, गैरसरकारी महासंघ तथा होटल व्यवसायीका प्रतिनिधिलाई सहभागीताका लागी अनुरोध गरेको छ ।

बिज्ञापन

प्रशासनका अनुसार देवानगञ्ज घटनापछि मोरङमा सामाजिक तथा धार्मिक सद्भावमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्दै जिल्लामा शान्ति–सुव्यवस्था कायम राख्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकमा सामाजिक सद्भाव कायम गराउन सबै पक्षले निर्वाह गर्ने भूमिका, सद्भाव प्रवर्द्धनका उपाय तथा समसामयिक विषयमा छलफल गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी विज्ञप्ति  उल्लेख छ ।

सर्वपक्षीय बैठक साउन  गते बिहीबार दिउँसो ३  बजे विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बस्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa