Premier Cables

राजनीति

रङेलीमा विकास सिवाकोटी विजयी, २१ मतले जित नारायण मण्डल पराजित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत मोरङको रङेली नगरपालिकामा भएको नगर अधिवेशनबाट सभापतिमा विकास सिवाकोटी विजयी भएका छन्।

शुक्रबार भएको मतदानमा सिवाकोटीले १३५ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी जित नारायण मण्डललाई २१ मतले पराजित गरेका हुन्। मण्डलले ११४ मत प्राप्त गरे।

विज्ञापन

रङेलीमा कुल ३०५ मतदाता रहेकोमा २८९ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४० मत बदर भएको थियो।
नगर कार्यसमितिको सचिवमा अशोक कुमार साह विजयी भएका छन्। साहले निकटतम प्रतिद्वन्द्वी अखिलेस कुमार अग्रवाललाई पराजित गरेका हुन्।

त्यस्तै, उपाध्यक्षमा बिना कुमारी मण्डल विजयी भएकी छन्। उनले निकटतम प्रतिद्वन्द्वी सवाना खातुनलाई ४० मतले पराजित गरेकी हुन्।
रङेलीमा बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजे सम्पन्न भएको थियो।

रङेलीको अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ अन्तर्गतका सबै पालिकाको अधिवेशन सम्पन्न भएको छ। यस क्षेत्रअन्तर्गत रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka