काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गरिएको थियो। कार्यक्रममा युवापुस्तालाई मौलिक कला, संस्कृति र परम्परासँग जोडिन प्रेरित गर्ने गतिविधिसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।
इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप उजागर गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक गतिविधि प्रस्तुत गरिएको थियो। कार्यक्रममार्फत स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा जोड दिइएको आयोजकको भनाइ छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ। इन्द्रजात्रा जस्ता ऐतिहासिक पर्वमा सहभागितामार्फत स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।


