Premier Cables

विराटनगर

नेपाली कांग्रेस मोरङ २ मा देवेन्द्र बहादुर बस्नेतको पक्षमा क्षेत्रीय प्रतिनिधिको समर्थन बढ्दै

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | अपराह्न १:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ | नेपाली कांग्रेस मोरङ २ मा देवेन्द्र बहादुर बस्नेतको पक्षमा क्षेत्रीय प्रतिनिधिको समर्थन बढ्दै

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका देवेन्द्र बहादुर बस्नेतको पक्षमा क्षेत्रीय प्रतिनिधिहरूको समर्थन बढ्दै गएको देखिएको छ।

विज्ञापन

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय बस्नेत वर्तमान क्षेत्रीय समितिका उपसभापति तथा मोरङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सभापति हुन्। प्रदेश ‘ख’ को एक कार्यकाल सभापतिको जिम्मेवारी सम्हाल्दा उनले गरेका गतिविधिको वडा तहदेखि केन्द्र तहसम्मका नेता–कार्यकर्ताले प्रशंसा गर्दै आएका छन्।

सुनवर्षी नगरपालिका–१ निवासी बस्नेतले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै क्षेत्रका विभिन्न वडा तथा पालिकाका नेता–कार्यकर्ताहरू उनको पक्षमा खुलेर देखिन थालेका छन्।

मोरङ क्षेत्र नम्बर २ मा करिब ९ सय क्षेत्रीय प्रतिनिधि रहेका छन्। क्षेत्रीय सभापतिका लागि हुने प्रतिस्पर्धा रोचक बन्ने कांग्रेसका नेता–कार्यकर्ताहरू बताउँछन्।

बस्नेतले लामो समयदेखि क्षेत्रका नेता–कार्यकर्तालाई अप्ठ्यारो तथा सुख–दुःखका अवस्थामा सहयोग गर्दै आएको बताइन्छ। व्यक्तिगत राजनीतिक समूह वा दलको सीमाभन्दा माथि उठेर सहयोग गर्ने उनको व्यवहारका कारण आफूहरू उनीसँग नजिक रहेको कतिपय नेता–कार्यकर्ताको भनाइ छ।

क्षेत्रीय सभापतिका लागि बस्नेतको उम्मेदवारी घोषणासँगै उनका समर्थक तथा शुभेच्छुकहरूमा उत्साह देखिएको छ। क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा बस्नेतसहित अन्य उम्मेदवारहरूले पनि आफ्नो पक्षमा प्रतिनिधि र नेता–कार्यकर्ताको समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka