Premier Cables

अन्तराष्ट्रिय

अमेरिकाका मिडियामा बालेनको ‘चश्मा चर्चा’ !

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | अपराह्न १:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

न्युयोर्क । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको चर्चित ‘कालो चस्मा’लाई केन्द्रित गर्दै एक विशेष सामग्री प्रकाशित गरेको छ।

सेप्टेम्बर २४ मा प्रकाशित ‘नेपालका नेताले संयुक्त राष्ट्रसंघ महासभामा पनि किन लगाए कालो चस्मा?’ शीर्षकको रिपोर्टमा, संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दा समेत प्रधानमन्त्री बालेनले आफ्नो ब्रान्ड बनेको कालो चस्मा नफुकालेको विषयलाई चासोका साथ उठाइएको छ।

विज्ञापन

अखबारका अनुसार र्यापरका रूपमा सांगीतिक यात्रा सुरु गर्दादेखि काठमाडौँको मेयर र वर्तमान समयमा देशको प्रधानमन्त्री बन्दासम्म पनि यो कालो चस्मा उनको सार्वजनिक पोशाकको अभिन्न अंग बनेको छ।

न्युयोर्क टाइम्सले बालेनको यो पहिरन शैली उनको राजनीतिक एवं सार्वजनिक छविको मुख्य पहिचान बनेको र नेपालमा उनको यही शैली पछ्याउँदै यस्तै चस्माको माग र बिक्री ह्वात्तै बढेको समेत उल्लेख गरेको छ।

महासभामा चस्मा लगाउनुको कारणबारे प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ— चिकित्सकको सल्लाहअनुसार कडा र अत्यधिक उज्यालो प्रकाशबाट आँखाको सुरक्षा गर्नका लागि प्रधानमन्त्री शाहले नियमित रूपमा कालो चस्मा प्रयोग गर्दै आएका हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka