Premier Cables

कोशी प्रदेश

कोशी ब्यारेजमा ३१ ढोका खोलियो, ‘रेड अलर्ट’ जारी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको छ ।

सप्तकोशीमा पानीको बहाव बढेपछि ब्यारेज अहिले ‘रेड अलर्ट’ अवस्थामा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा अहिले २ लाख ४० हजार क्युसेक पानीको बहाव मापन गरिएको छ ।

विज्ञापन

यद्यपि अघिल्ला वर्षहरूमा कोशीमा ५ लाख क्युसेकभन्दा बढी पानीको बहावसमेत मापन भएको उनले बताए । अहिले नै आत्तिनुपर्ने अवस्था नरहे पनि प्रशासनले उच्च सतर्कता अपनाएको उनको भनाइ छ ।

‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ । यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ सीडीओ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था छैन । तर, हामी अलर्टमा छौँ ।’

हाल कोशी पुल भएर चल्ने सवारीसाधनको आवागमन भने रोकिएको छैन । पानीको बहाव थप बढेमा परिस्थितिअनुसार आवश्यक निर्णय गरिने सीडीओ अर्यालले बताए ।

‘अहिले नै सवारीसाधन रोक्नुपर्ने अवस्था छैन । बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय हुन्छ,’ उनले भने ।

यसैबीच मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka