Premier Cables

विराटनगर

कांग्रेस विराटनगर-४ को सभापतिमा अर्जुन चुडाल निर्विरोध निर्वाचित

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका–४ को वडा अधिवेशनबाट युवा नेता अर्जुन चुडाल वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित ११ जनालाई निर्विरोध चयन गरेको जनाइएको छ।

यसअघि वडा सभापतिको जिम्मेवारी सम्हाल्दै आएका अग्रज नेता राजकुमार तबदारले आफ्नो कार्यकाल पूरा गर्दै निर्धारित समयमै अधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गरेका हुन्।

विज्ञापन

तबदारको नेतृत्वमा वडामा विपन्न परिवारलाई राहत वितरण, पार्टी सदस्यता विस्तार तथा अग्रज नेता र प्रजातन्त्र सेनानीलाई सम्मानलगायतका कार्यक्रम सञ्चालन गरिएको कांग्रेस वडा समितिले जनाएको छ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दिलिप चौधरी, महिला उपसभापतिमा शुष्माकुमारी चौधरी, सचिवमा युवा नेता सुभाष भण्डारी र सहसचिवमा कपिलदेव गिरी निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा श्यामनारायण यादव, दीपक गोसाई, लिलबहादुर भण्डारी, रामदेव राजवंशी, तेतरी राजवंशी, गयाप्रसाद मण्डल, गणेशबहादुर मगर, मातृका कोइराला, हरि उराँव, हरिबहादुर विष्ट र सुधिर कुमार दाहाल रहेका छन्।

६० जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध
वडा अधिवेशनबाट ६० जना क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचित प्रतिनिधिहरूमा अग्रज नेतासहित चुमनारायण तबदार, डा. प्रमिला गच्छदार, राजकुमार तबदार, सन्जय मण्डल, काशीनाथ चुडाल, डा. सीता घिमिरे, बिनयहरी दाहाल र वेदराज पौडेललगायत रहेका छन्।

वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएसँगै नवनिर्वाचित कार्यसमितिले संगठन विस्तार, सदस्यता वृद्धि तथा स्थानीयस्तरमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka