Premier Cables

विराटनगर

विराटनगर ६ मा शुक्रबार(भोलि) निर्वाचन, क-कसको पर्यो मनोनयन ?

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | अपराह्न ३:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरसमिति वडा नं ६ को नेतृत्व चयन गर्न शुक्रबार बिहान ९ बजेबाट निर्वाचन हुने भएको छ ।

असोज ३ गतेबाट नै त्यहाँ निर्वाचन चयनको विषयमा विवाद शुरु भएको थियो । असोज ६ गते सहमति जुटेपनि एक पक्षले नमान्दा निर्वाचन बिथोलिएको थियो । बुधबार निर्वाचन गर्ने तयारी भएको र मतपत्र छाप्न भनी निस्किएका निर्वाचन अधिकृत नफर्किएपछि प्रक्रिया रोकिएको थियो ।

विज्ञापन

बिहीबार निर्वाचन समिति र सभापतिका दुबै आकांक्षी राम कुमार ढकाल तथा प्रकाश मण्डलबीच सहमति भएपछि निर्वाचन हुने टुंगो लागेको हो । विराटनगर केशलिया रोड कलवार सदनमा ३ गतेदेखि दैनिक भेला भएका क्रियाशील सदस्यहरुले अब पनि निर्वाचन नभए आफूहरु सहभागी नहुने भन्दै विरोध जनाएका थिए ।

उनीहरुले दैनिक कामकाज छाडेर आफूहरु आउनु परेको तर नेताहरुको विवादका कारण समस्या भएको बताएका छन् । यस वडामा सभापतिमा दुई जना, उपसभापतिमा चार जना रिमा अधिकारी रेग्मी, दयानन्द मण्डल, ललन मण्डल र कमली सहनीले उमेदवारी दिएका छन् । सचिवमा दुई जनाको उमेदावरी परेको छ । मनिराज हसन र देवी पौडेल सचिवका आकांक्षी छन् ।

सह-सचिवमा पनि दुई जना रमेश कुमार पासवान र मोहम्मत साहिमको उमेदवारी परेको छ ।

सदस्य महिलातर्फ तीनमा चार जनाको उमेदवारी परेको छ । खुला सदस्यतर्फ पाँच जना हुनुपर्नेमा १० जनाको उमेदवारी परेको छ । क्षेत्रीय प्रतिनिधितर्फ १३ जना महिला हुनुपर्नेमा २३ जनाको उमेदवारी परेको छ ।

क्षेत्रीय प्रतिनिधि खुलातर्फ २० जना हुनुपर्नेमा ४१ जनाको उमेदवारी परेको छ । अन्य क्लस्टरमा पनि कोटाभन्दा बढी उमेदवारी परेपछि निर्वाचन हुने तय भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka