Premier Cables

खेलकुद

एसियन गेम्स- अफगानिस्तानद्वारा नेपाललाई १०३ रनको लक्ष्य

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०९, २०८३  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जापान । कुशल भुर्तेल र ललित राजवंशीको घातक बलिङमा जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले जितका लागि अफगानिस्तानबाट जितका लागि १ सय ३ रनको सामान्य लक्ष्य पाएको छ।

जापानको निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको हो।

विज्ञापन

अफगानिस्तानलाई कम स्कोरमा रोक्न नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए।

ललितले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। कुशलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर ४ विकेट आफ्नो नाममा गरे।

करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेल भने विकेटविहीन रहे।

अफगानिस्तानका लागि फैसल खान र नजिबुल्लाह जड्रानले समान ३० रन बनाए। नन्गेलिया खान १२ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka