२०८२ जेठ ०१, बुधबार
Premier Cables

जमिन भासिएर गाडी हराएको विषयमा प्रारम्भिक अध्ययनको प्रतिवेदन भन्यो यस्तो

Hamro Biratnagar Calendar बुधबार, जेठ ०१, २०८२

हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीद्वारा गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन आएको छ ।

बिज्ञापन

घटनाको प्रमुख कारण जमिनमुनिको सिल्ट मिश्रित पानीको निष्कासन रहेको देखिएको छ । हाल भासिएको स्थानमा पाँच वर्ष अघि खनिएको बोरिङ रहको र बोरिङबाट लामो समयसम्म सिल्ट मिश्रित धमिलो पानी निरन्तर निष्कासित हुँदै आएको देखिएको छ ।

बिज्ञापन

भूगर्भविद्हरूका अनुसार यही प्रक्रियाले जमिनभित्र स–साना भ्वाङहरू बनाउँदै गएको र अन्ततः जमिनमाथि निरन्तर भार रहँदा त्यो भासिएर ठूलो खाडलमा परिणत भएको पाइएको छ ।

भूगर्वविद्हरुको अध्ययन नतिजा अनुसार सिन्कहोलको केन्द्रदेखि भासिएको सडकको पूर्वी भागमा ४/२ मिटरको क्षेत्रफलमा उच्च चुम्बकीय असामान्यता देखाएको छ । यो संकेत भासिएको गाडीको सम्भावित स्थानसँग मिल्दोजुल्दो देखिएको भूगर्भविद्हरूले बताएका छन् ।

अनुसन्धानका क्रममा भूगर्वविद्को टोलिले ८ मिटर गहिराइसम्म फलामे ड्रिलिङ रड धसाएका थिए । भासिएको पुरानो सडकको सतहबाट २ मिटर मुनि रहेको स्थानबाट फलामे ड्रिलिङ रड धसाउँदा ६ मिटर गहिराइमा अबरोध आएपछि सोही गहिराइमा सवारीसाधन भएको अनुमान गरिएको छ ।

घटनास्थल र आसपासका क्षेत्रबाट संकलन गरिएको माटोको नमूना परिक्षण नतिजा अनुसार अध्ययनले जमिनको अवस्था कमजोर देखिएको छ । सिन्क होल बनेको स्थानको माटोको परिक्षणबाट सिल्ट मिसिएको क्ले ५ मिटर गहिरासम्म र त्यसमुनि सिल्ट मिसिएको मसिनो वालुवाको तह रहेको पुष्टि भएको छ । साथै जमिनको सतहभन्दा करिब ५.५ मिटरमुनि भूमिगत जल सतह रहेको देखिएको छ ।

विशेषज्ञहरूका अनुसार जमिन भासिएको स्थानभित्र रहेको माटोको संरचना खुकुलो र कमजोर भएकाले थप अध्ययन विना एक्स्काभेटर वा क्रेन प्रयोग गरेर गाडी निकाल्न जोखिमपूर्ण हुने बताइएको छ ।

भूमिगत जल सतह नजिक भएको र जमिनको भारवहन क्षमता कमजोर रहेकाले विस्तृत इन्जिनियरिङ योजना, थप अध्ययन, तथा विशेषज्ञको निगरानीमा मात्र उत्खनन् गर्नुपर्ने सुझाव भूगर्वविद्को छ ।

घटनास्थल तथा गैरीगाउँ क्षेत्र भएर बग्ने कर्रा खोला आसपास कुनैपनि पूर्वाधार निर्माण गर्दा विस्तृत भौगर्भिक अध्ययन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । अध्ययनको क्रममा भूगर्भीय नक्सा, उपग्रह तस्बिर, र प्रोटोन म्याग्नेटोमिटर लगायत प्रविधिको प्रयोगमार्फत अध्ययन गरिएको थियो ।

वैशाख १९ गते जमिन भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी हराएपछि हेटौंडा उपमहानगरको आग्रहमा भासिएको क्षेत्रको अध्ययनका लागि विभागका जियोलोजिष्ट डा। नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणी खनाल र अमर बहादुर थापाको टोली हेटौंडा आएर तथ्यांक तथा नमूना संकलन गरेका थिए । संकलित नमूनाको परीक्षण लैनचौरस्थित खानी तथा तथा भूगर्भ विभागको जियोटेक्निकल प्रयोगशालामा गरिएको थियो ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement