






काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११.५२ अंक घटेको छ । योसहित ४ कारोबार दिनयता लगातार बजार घटेको हो । आजको घटाइपछि नेप्से परिसूचक २७०८ मा कायम भएको छ ।
कारोबारका क्रममा १ : ०५ बजे नेप्से २७२७ अंकमा पुगेको थियो, जुन विन्दु आजको अधिकतम रह्यो । कारोबारको मध्य समयपछि बजार बन्द हुँदासम्म नै ओरालोमा रह्यो ।
७९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो । फाइनान्स ०.१०, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत बढे ।
बैंकिङ ०.६५, विकास बैंक ०.०८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६८, लगानी ०.५२, जीवन बीमा ०.४०, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१८, अन्य ०.३२, व्यापार ०.२४ प्रतिशत घटे ।
हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दोस्रो बजारमा हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ३९१.४० पुगेको छ । त्यस्तै युनिभर्सल पावरको ५.१२, समृद्धि फाइनान्सको ३.५१ प्रतिशत बढ्यो ।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.६२ प्रतिशत घट्यो । विकास हाइड्रोपावरको ३.९२, ओरियन्टल होटलको ३.७० प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावर रहे ।